मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मेघ गर्जन–चट्याङ्ग तथा हुरीबतासको सम्भावनाः मौसमविद



काठमाडौं वैशाख, ३– जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका धेरै जसो स्थानमा आज मौसम बदली रहने जनाएको छ । मौसमविदले देशका पश्चिमी भूभागमा सामान्य बदली र पूर्वी तथा मध्य क्षेत्रका भूभागमा आंशिक देखि सामान्य बदली रहने बताएका हुन् ।

यसका साथै देशका पश्चिमी भूभागका केही स्थान र मध्य तथा पूर्वका थोरै स्थानहरुमा मेघ गर्जन–चट्याङ्ग तथा हुरीबतास सहित वर्षा (असिना पानी) को सम्भावना रहेको मौसमविदको भनाइ छ ।

मौसमविदका अनुसार मुख्य गरी पश्चिमी तथा मध्य तराईका स्थानहरुमा हुरी बतासको सम्भावना रहेको छ । यसका साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातकोसम्भावना पनि रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

मौसमविदले मंगलबार राति पनि पश्चिमि भूभागमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागमा आंशिक देखि सामान्य बदली रहेर पश्चिमी भूभागका धेरै जसो स्थानमा र पूर्व र मध्यका केही स्थानमा मेघ गर्जन–चट्टयांग तथा हुरी बताससहित वर्षा र असिना पानीको सम्भावना रहेको बताएका छन् ।

प्रकाशित मिति : ३ बैशाख २०७६, मंगलबार  १ : ४४ बजे