काठमाडौं वैशाख, ३–
हालै भारतको मैसुरमा सम्पन्न भएको इन्फोसिस फिनाकल क्लाईन्ट इनोभेसन अवार्ड २०१९ मा कुमारी बैंक लिमिटेड पुरस्कृत भएको छ । यसरी इन्फोसिस फिनाकलबाट सम्मानित हुनेमा अहिले सम्म कुमारी बैंक पहिलो नेपाली बैंक हो ।
आफ्नो कोर बैंकिङ्ग सफ्टवेयर जम्मा ४.५ महिनाको छोटो अवधिमा फिनाकल भर्सन १० मा माइग्रेशन प्रक्रिया सम्पन्न गरेकोमा कुमारी बैंक उक्त अवार्डले सम्मानित भएको हो । प्राविधिक रुपान्तरण, सही प्रयोग तथा श्रीजनशीलता जस्ता बुंदाहरुलाई आधार मानेर उक्त अवार्ड दिने गरिन्छ ।
इन्फोसिस फिनाकलको उक्त समारोहमा कुमारी बैंक विजेता भएको हो । यि बाहेक भारतको पन्जाब नेशनल बैंक विजेता तथा आईसीआईसिआई बैंक, आन्ध्रा बैंक, इमिरेट्स बैंक पनि उपबिजेता भएकाछन । अन्र्तराष्ट्रिय मञ्चमा नवीन बैंकिङ्ग प्रविधिमा प्रतिष्ठित मानिने उक्त अवार्डले सम्मानित भए पश्चात् आगामी दिनमा अझ आधुनिक एवं प्रभावकारी बैंकिङ्ग सेवाहरु प्रदान गर्दै जाने प्रतिबद्धता बैंकले जनाएको छ । यसरी नै नेपाली बैंकहरुमा भएको क्षमता र सम्भावनालाई पनि आगामी दिनहरुका लागी उजागर गर्न सकिन्छ भन्नेमा बैंक विश्वस्त छ ।
३ बैशाख २०७६, मंगलबार
0
Shares