मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भिडियो

नेपाली कांग्रेसद्वारा तीन चरणको जनजागरण अभियान घोषणा,(भिडियो सहित्)


काठमाडौं वैशाख, ३–

प्रमुख विपक्षी कांग्रेसले राष्ट्रिय जागरण अभियानको घोषणा गरेको छ । मंगलबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलमार्फत कांग्रेसले वैशाख ११ बाट राष्ट्रिय जागरण अभियान सुरु गर्ने बताएको हो ।

पत्रकार सम्मेलनमा कांग्रेसका  प्रबक्ता बिश्व प्रकाश शर्माले  वर्तमान सरकारले जनताको अपेक्षा अनुसार काम नगरेको भन्दै यसलाई बुझाउन जागरण अभियान सुरु गर्न लागिएको बताए ।

पहिलो चरणमा ७७ जिल्लामा हुने जनजागरण अभियान एक महिना लामो हुने प्रबक्ता शर्माले बताए ।
दोस्रो चरणका कार्यक्रम भदौ २३ देखि असोज ७ सम्म ३३० निर्वाचन क्षेत्रमा हुनेछ भने तेस्रो चरणको कार्यक्रम पुस ७ देखि १४ सम्म सबै पालिकामा हुनेछ ।

हरेक कार्यक्रममा लामो अतिथी आसन ग्रहणा र लामा लामा भाषण गर्ने प्रचलनको अन्त्य गर्ने पनि पत्रकार सम्मेलनमा बताइएको छ ।

पार्टिका पुराना नेता कार्यकर्ता को खोजी गर्ने , उनिहरुको अवस्था बुझ्ने , उनिहरुको सल्लाह र सकृयतको खोजी गरिने अभियानको उद्देश्य रहेको बताइएको छ ।

आज पत्रकार सम्मेलन गरेर घोषणा गरिएको जनजागरण अभियानमा सबै भात्री संस्थाहरुको आ- आफ्नो जिम्मेवारी तोकिएको छ ।

अभियानलाई मितब्यायी, कम तामझाम पुर्ण र सहज एबम सन्देश मुलक बनाउने परिकल्पना गरिएको छ ।

पत्रकार सम्मेलनको भिडियो हेर्नुहोस्-

https://www.youtube.com/watch?v=hbcklH3ogXw&feature=youtu.be