३ बैशाख.विराटनगर-
विराटनगर महानगरपालिकाले दोश्रो सन्तानपनि छोरी हुने ३७ दम्पतीको छोरीको नाममा २५ हजारका दरले रुपैया बैकमा वचत गरिदिएको छ । महानगरले सञ्चालन गरेको छोरी बचाउन र पढाउ अभियान स्वरुप उहाँहरुको छोरीको पढाईका लागि महानगरले ग्लोवल आएमी बैकमा ३७ दम्पतीको खाता खोलेको विराटनगर महानगरपालिकाका उपप्रमुख ईन्दिरा कार्कीले बताईन ।
दोश्रो सन्तान छोरीको नाममा पढाई खर्चका लागि महानगरले उनीहरुको नाममा बैकमा २५ हजार रुपैया वचत गरिदिने कार्यक्रम यसै आर्थिक बर्षबाट महानगरले समावेश गरेको थियो । महानगरले विवाहको उमेर कम्तिमा २० वर्ष पूरा गरेको, पहिलो सन्तान छोरी भएको, नियमित गर्भ जाँच गराएको र अस्पतालमा प्रसुती गराउने आमाहरुलाई छोरी बचाउन अभियान रुपरुप महानगरले त्यस्ता दम्पतीलाई प्रोत्सान गर्ने अभियान ल्याएको थियो । महानगरले छोरीप्रति सम्मान जनाउन पहिलो पल्ट यस्ता कार्यक्रम महानगर भित्र अभियान ल्याएको विराटनगर महानगरपालिकाको उपप्रमुख ईन्दिरा कार्कीले बताईन ।
उनलेभनीन,‘ छोरीप्रति सम्मान जनाउन अभियान ल्याएको हुँ,‘ । यता विराटनगर ५ की सुनिताकुमारी ठाकुर दोश्रो सन्तानकी आमा हुन ।पहिलो सन्तान छोरी रहेकी उनको दोश्रो सन्तानपनि छोरी छिन। विराटनगर महानगरपालिकाले उनको दोश्रो सन्तान छोरीको नाममा२५ हजार रुपैया बैकमा फिक्स डिपोजित गरिदिएपछी मख्ख भएकीछिन ।
महानगरले सञ्चालन गरेको छोरी बचाउन र पढाउ अभियान स्वरुप उनको छोरीको पढाईका लागि महानगरले ग्लोवल आएमी बैकमा ठाकुरकी दोश्रो सन्तान छोरीको नाममा पैसा वचत गरिदिएको हो । आमा सुनिताकुमारी संरक्षक रहने गरी पढाई खर्चका लागि महानगरले बैकमा वचत गरिदिएको पैसा छोरीको पठाईमा खर्च गर्न पाउने महानगले जनाएको छ । ठाकुर जस्तै महानगरले दोश्रो सन्तान छोरी भएका नगरका अन्य ३६ आमा संरक्षक रहने गरी दोश्रो सन्तान छोरीहरुको नाममा २५ हजार रुपैया बैकमा वचत राखिदिएको छ । दोश्रो सन्तान छोरीको नाममा पढाई खर्चका लागि महानगरले उनीहरुको नाममा बैकमा २५ हजार रुपैया वचत गरिदिने कार्यक्रम यसै आर्थिक बर्षबाट महानगरले समावेश गरेको हो । महानगरमा छोरी बचाउन अभियानलाई पनि निरन्तरता दिदै आएको छ ।
यो बर्षपनि महानगरले पहिलो सन्तान छोरी भएका र निश्चत दायरा पूरा गर्ने २२ दम्पतीलाई पनि नगद तीन हजारसहित सम्मान समेत गरिसकेको छ । छोरी बचाउन अभियान अन्तर्गत दम्पतीलाई महानगरले नगदसहित सम्मान गरेको हो । महानगरकी उपप्रमुख ईन्दिरा कार्कीले भनीन,‘ छोरीप्रति हेर्न दृष्टिकोणमा परिवर्तन ल्याउन छोरी बचाउन अभियान साथै छोरी पढाउ अभियान सञ्चालनमा ल्याइएको हो,‘ ।