मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तरिक्षमा नेपालको आफ्नै स्याटेलाईट प्रक्षेपण, प्रधानमन्त्रीद्वारा बैज्ञानिकलाई धन्यवाद



काठमाडौं वैशाख, ५–
नेपालले पहिलोपटक अन्तरिक्षमा आफ्नै स्याटेलाईट प्रक्षेपण गरेको छ । नेपाली समय अनुसार गएराति २ः३१ बजे नेपालको पहिलो भुउपग्रह ‘नेपाली स्याट–१’ अमेरिकाको भर्जिनियास्थित वल्लोप्स टापुमा रहेको नासाको केन्द्रबाट प्रक्षेपण गरिएको हो ।
नेपाली बैज्ञानिकहरु आभास मास्के र हरेराम श्र्रेष्ठले निर्माण गरेको स्याटेलाईटमा नेपाली राष्ट्रिय झण्डा नाष्टको लोगो राखिएको छ ।

उनीहरु दुवैजना जापानको क्युसु विस्वविद्यालयमा अध्ययनरत नेपाली बैज्ञानिक हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सबै बैज्ञानिकहरुलाई वधाई दिएका छन् । उनले नेपाल अन्तरिक्ष युगमा प्रवेश गरेको बताउँदै खुशी व्याक्त समेत गरेका हुन् ।

प्रकाशित मिति : ५ बैशाख २०७६, बिहिबार  ५ : ४६ बजे