मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेशसभा भवन नजिकै राखिएको बम डिस्पोज गर्ने क्रममा सेनाका अमलदार घाइते



पोखरा वैशाख, ५–
बम डिस्पोज गर्ने क्रममा पोखरामा नेपाली सेनाका अमलदार घाइते भएका छन् ।
पोखरा महानगरपालिका–३ स्थित प्रदेशसभा भवन नजिकै राखिएको बम डिस्पोज गर्ने क्रममा सेनाका अमलदार धर्म थापा घाइते भएका हुन् । सैनिक जनसम्पर्क तथा सञ्चार निर्देशनालयका अनुसार पोखरामा प्राथमिकम उपचार पछि उनलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।
प्रहरीले उक्त बम नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले राखेको हुन सक्ने आशंका गरेको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७६, बिहिबार  ६ : ४३ बजे