मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बम डिस्पोज गर्ने क्रममा पोखरामा एक सैनिक घाइते ,पोखरामा देखियो बिप्लबको बन्दको प्रभाब



बैशख ५,पोखरा-

नेकपा बिप्लब समुहले गरेको बन्दको प्रभाब अन्यत्र सामान्य देखिए पनि पोखरामा बन्दको प्रभाब निकै देखिएको छ भने बन्दकारीहरुले बिष्फोटका घटनाहरु गराउने प्रयास गरेको पनि देखिएको छ ।

पोखरामा  निजी सवारीसाधन फाटफुट चलेपनि नजिक तथा टाढा चल्ने कुनैपनि सार्वजनिक बसहरु चलेका छैनन् । शैक्षिक संस्थाहरुसमेत बन्दको कारण  पूर्ण रुपमा प्रभावित बनेका छन् ।

पोखरा महानगरपालिका स्थित प्रदेशसभा भवन नजिकै राखिएको बम डिस्पोज गर्ने क्रममा विस्फोट हुँदा पोखरामा एकजना सैनिक घाइते भएका छन् ।  निष्कृय पार्ने क्रममा बिहीबार बिहान सैनिक अमलदार धर्म थापा घाइते भएका हुन् ।

 प्रदेशसभा भवन अगाडि निषेधित क्षेत्रमा कागजको डल्लो बेरेर राखेको अवस्थामा ‘डेटोनेटर’ भेटिएको थियो । त्यसलाई निष्कृय पार्ने क्रममा  कालिभञ्जन गणमा रत्नमन्दिरका कार्यरत थापा घाइते भएका हुन् ।

पोखरामा बन्दको प्रभाब निकै देखिएको छ भने  बन्दकारीहरुले बिष्फोटका घटनाहरु गराउने प्रयास गरेको पनि देखिएको छ ।

नेत्रविक्रम चन्द विप्लव समूहले आहृवान गरेको नेपाल बन्दका बेला पोखराका विभिन्न ठाउँम शंकास्पद वस्तु फेला परिरहेका छन् । पोखरा २९ लेखनाथ घोतघोतेमा शंकास्पद वस्तु फेला परेको थियो । उक्त वस्तुलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय पारिसकेको छ ।

पोखरा ५ जिरो किमीमा समेत शंकास्पद वस्तु फेला परेको थियो । तर, प्रहरीले उक्त बस्तु बम नभएको पुष्टि गरिसकेको छ । पोखरा ९ न्यूरोड ट्रेड मल पछाडिसमेत शंकास्पद बस्तु फेला परेको प्रहरीले जानकारी दिएको छ

प्रकाशित मिति : ५ बैशाख २०७६, बिहिबार  ७ : ०४ बजे