सरकारी छाप किर्ते गर्ने राजपाका केन्द्रीय सदस्य समातिए



काठमाडौं वैशाख, ५–
सरकारी छाप किर्ते गरेको आरोपमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका केन्द्रीय सदस्य बीपी यादव पक्राउ परेका छन् । पूर्वसभासद समेत रहेका यादवलाई भौतिक पूर्वाधार विकास मन्त्रालयबाट सप्तरीको अग्रिसाइर कृष्णासवरण गाउँपालिका २ र ३ मा पर्ने सडक निर्माणमा किर्ते उपभोक्ता समितिमार्फत बैंक खाता खोलेको पाइएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी राजेन्द्र विष्टले बताए ।

उनले नक्कली उपभोक्ता समिति बनाएर सरकारी छाप किर्ते गरेको थाहा पाएपछि नेता यादवलाई पक्राउ गरेको र उनको बारेमा थप अनुसन्धान भइरहेको जनाए । यादवमाथि सरकारी छाप किर्ते गरेको आरोपमा मुद्दा चलाउने प्रहरीले बताएको छ ।

यसैबीच सभासद् भएको बेलामा उनी रातो पासपोर्ट दुरुपयोग गरेको आरोपमा पनि पक्राउ परेका थिए । त्यसवारे अझै उनको मुद्दा विचाराधिन छ ।

प्रकाशित मिति : बैशाख ५, २०७६ बिहीबार  ८ : ३५ बजे