मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भव्यताका साथ मनाइयो नेविसंघ स्थापना दिवस



काठमाडौं वैशाख, ६–
नेपाली काङ्ग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) को स्थापनाको स्वर्ण जयन्ती आज देशभर बिभिन्न कार्यक्रम गरी मनाइएको छ ।

स्वर्ण जयन्तीको अवसरमा नेविसंघ काठमाडौँले प्रदर्शनी मार्गस्थित राष्ट्रीय शभा गृहमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ । पदावधी सकिएर नैन सिंह महर नेतृत्वको नेविसंघ केन्द्रिय समिती विघटन भएपछि नेविसंघ नेतृत्व बिहिन भएकोले सबैसँग समान्वय गरेर कार्यक्रम गरी संघको स्थापना दिवस मनाउन नेविसंघ काठमाडौं जिल्लालाई पार्टी केन्द्रीय समितिले निर्देश गरे अनुसार नेविसंघ काठमाडौं जिल्ला समितिले कार्यक्रमको आयोजना गरेको हो ।

काठमाडौं बाहिर कार्यक्रममा जानुपर्ने भएकोले कार्यक्रमको शुरुवातमै छोटो सम्बोधन गर्दै काङ्ग्रेस शभापती शेर बहादुर देउवाले नेविसंघ भित्र उमेर हदको कुरा उठेको भए पनि नेविसंघ सबै उमेर समुहको लगानी, मेहेनत्, परिश्रम  र त्यागले बनेको संस्था भएकोले सबैलाई समेटेर पार्टिले नेविसंघ तदर्थ समिती बनाउने बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै काङ्ग्रेस महामन्त्री शशाङ्क कोइरालाले देशमा फेरी कम्युनिष्ट अधिनायकवादको खतारा बढेको उल्लेख गर्दै नेविसंघ लगायत पार्टीका सबै भातृ संस्था एकतावद्ध र मजबुत हुनुपर्ने बताए । पार्टी भित्रको एकता अहिलेका लागी सबै भन्दा महत्वपुर्ण भएको बताउदै कोइरालाले एकतावद्ध काङ्ग्रेसले मात्रै भविष्यमा आउने संकटको सामना गर्न सक्ने बताए । उनले विद्यार्थीहरुलाई नेविसंघ स्थापना दिवसको शुभकामना दिदैँ सरकारले गरेका खुलेआम भ्रष्टाचार, आपराधिक गतिबिधिमाथि सरकारी संरक्षणवादको विरुद्ध उभिन आग्रह गरे ।

त्यस्तै, कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका पूर्वमहामन्त्री एवम् कांग्रेस नेता प्रकाशमान सिंहले वर्तमान सरकारले गरेका कामको समिक्षा गर्नुपर्ने आवश्यकता नभएको बताए । सरकारले काम भन्दा गफ धेरै गरेको भन्दै उनले गफको के समिक्षा गर्ने ? भन्ने प्रश्न गरे । नेता सिंहले सरकारले लगानी सम्मेलन गरे पनि लगानीकर्ताहरुले यो सरकारलाई पत्याउन छोडेको समेत बताए । कार्यक्रमलाई सहमहामन्त्री प्रकाशशरण महत, पार्टी प्रवक्ता एवम् युवा नेता विश्वप्रकाश शर्मा, संस्थापक अध्यक्ष विपिन कोइराला लगायत विद्यार्थी नेताहरुले सम्बोधन गरेका थिए ।

यसैगरी आजै नेविसंघ पद्यकन्या बहुमुखी क्याम्पसको आयोजनामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम, नेविसंघ धादिङ काठमाडौँ सम्पर्क समितिले दीप प्रज्वलन कार्यक्रम, नेपाल ल क्याम्पसको आयोजनामा चियापान तथा दीप प्रज्वलन कार्यक्रम कार्यक्रम गरी स्थापना दिबस मनाइदै छ । काठ्माण्डौ भित्र र बाहिर समेत अन्य थुप्रै कार्यक्रमहरुका साथ स्थापना दिबश मनाइदै छ ।

 

विसं २०२७ वैशाख ६ गते पार्टी प्रतिबन्धित अवस्थामा रहेको बेला काठमाडौँको स्वयम्भूस्थित सत्तलमा सन्त नेता कृष्णप्रसाद भट्टराईले उद्घाटण गरेसगै नेविसंघको स्थापना भएको थियो । पञ्चायती ब्यबस्थाको धरपकड र अन्य प्रतिकुल परिस्थितिबिच  विसं २०२७ मा स्थापना भएको नेविसङ्घ नेपालका धेरै राजनितिकर्मीहरु जन्माउने सस्थाको रुपमा परिचित छ ।

नेविसंघका पूर्व अध्यक्ष एवम् अन्य पदमा रहेर नेतृत्व गरेका थुप्रै नेताहरु पटक पटक मुलुकको प्रधानमन्त्री ,मन्त्री र नेपाली काङ्ग्रेसको नेतृत्व तहमा पुगिसकेका छन् । पूर्वप्रधानमन्त्री एवम् काङ्ग्रेस सभापति शेरवहादुर देउवा समेत नेविसंघको पूर्व अध्यक्ष हुन ्। नेविसंघलाई राजनीतिसँगै सामाजिक र शैक्षिक सुधार अभियानको आग्रणी  मान्ने गरिन्छ ।  नेविसंघले वैशाख ६ गतेलाई आफ्नो स्थापना दिवसको रुपमा मनाउँदै आएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७६, शुक्रबार  ५ : ४९ बजे