मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विप्लवका नवलपरासी जिल्ला सदस्य पक्राउ



नवलपरासी वैशाख, ६– विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नवलपरासी जिल्ला सदस्य पक्राउ परेका छन् । बिहिबार साँझ पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिकाबाट जिल्ला सदस्य पुरुषोत्तम रेग्मी पक्राउ परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मध्यबिन्दु नगरपालिका–१, बाहुनीकुनामा रहेको आफ्नै घरबाट उनी पक्राउ परेका हुन् ।
प्रहरीले यसअघि पनि पूर्वी नवलपरासीबाट विप्लवका ३ नेतालाई पक्राउ गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका अनुसार जिल्लामा कुनै अप्रिय घटना हुन नदिन विशेष सुरक्षा योजना तयार गरेर सुरक्षा व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७६, शुक्रबार  ६ : ०४ बजे