मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तनहुँको बन्दीपुरमा सहभोजन कार्यक्रम सम्पन्न, नेकपा छोडेर १३ जना दलित युवा काँग्रेस प्रवेश



तनहुँ वैशाख, ७–
तनहुँको बन्दीपुर–२ मोरियाको दलित वस्तीमा युवा जागरण अभियानले सहभोजन कार्यक्रम सम्पन्न गरेको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवन परियाको प्रमुख आतिथ्य तथा युवा जागरण अभियानका संयोजक चिन्तन पौडेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा १३जना दलित युवा नेकपा परित्याग गरेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेसको विचार र युवा जागरण अभियानबाट प्रभावित भएर कांग्रेस प्रवेश गर्नेहरुमा राज कुमार नेपाली, विकास नेपाली, सिताराम विक ,भरत विक ,शेखर नेपाली, बुद्धि बहादुर नेपाली, होम नेपाली,विष्णु बहादुर नेपाली,राजकुमार नेपाली,शम्भु मझकाटी, सुक बहादुर नेपाली,हर्क बहादुर सुनार र विदुर नेपाली रहेका छन् । उनीहरुलाई केन्द्रीय सदस्य जीवन परियार युवा जागरण अभियानका संयोजक पौडेलले टिका लगाएर कांग्रेसमा स्वागत गरेका हुन् ।

कार्यक्रममा सांसद प्रकाश स्नेहि, वरिष्ठ अधिवक्ता यदुनाथ खनाल, सांसद दोबाटे विक, सांसद सरिता गुरुङ, महासमिति सदस्य बिनिता अधिकारी, बन्दीपुर गाउँपालिका अध्यक्ष कर्ण बहादुर खत्रि ,नेपाली काँग्रेस जिल्ला सहसचिव केश बहादुर सुनार,दलित संघ जिल्ला उपाध्यक्ष राम बहादुर विक सास्कृतिक संघ तनहुका अध्यक्ष विन खाति, प्रजातान्त्रिक समाज केन्द्रका अध्यक्ष रबवन कोइराला, तरुण नेता लाल बहादु जिसि, नेतृ सर्मिला थापा, ने.वि संघ नेता भुवन भट्ट, नेविसंघ तनहुँ काठमाडौ सम्पर्क समिति अध्यक्ष प्रविन कैनि, विद्यार्थी नेता श्रिकृष्ण लामिछाने लगायत दलित समुदायका करिब २ सय महिला पुरुषको सहभागीता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि जीवन परियारले दलितका अधिकार नेपाली कांग्रेसकै नेतृत्वमा स्थापित भएको बताए । उनले दलितको पक्षमा वकालत गर्ने पार्टी कांग्रेस मात्रै दाबी समेत गरे । उनले नेपाली कांग्रेस स्थापना हुँदा पनि विपि कोइरालाले दलित समुदायका नेता देव्रत परियारलाई साथमा राखेको स्मरण गरेका थिए ।दलितप्रति नेपाली कांग्रेसको व्यवहार सँधै उदार रहेको तर सामाजिक आचरण र कमजोरिका कारण दलितप्रति विभेद आजसम्म समाजमा जिवित रहेको उनको भनाइ थियो । उनले युवा जागरण अभियानको प्रयासले यसको अन्त्य गर्न मद्दत गर्ने विश्वास समेत व्यक्त गरे ।
त्यस्तै, कार्यक्रमका सभापति तथा युवा जागरण अभियानका संयोजक चिन्तन पौडेलले २००७ साल बाट नै नेपाली कांग्रेसले जातिय भेदभावको अन्त्यका लागि आन्दोलन गरेको उल्लेख गरे । उनले २०२०सालमा छुवाछुतको अन्त्य भई २०७२ सालको संविधानमा समेत दलितका अधिकार सुनिश्चित गरि भेदभाव गर्नेमाथि दण्डको व्यवस्था गरिएको बताए । यद्यपि, आजका दिनसम्म आचरणमा सामाजिक भेदभाव,छुवाछुत अन्त्य नभएकोले युवा जागरण अभियानले नयाँ सामाजिक आन्दोलनको सुरुवात गरेको बताए । व्यवस्था परिवर्तन मात्रै समृद्ध मूलुक निर्माण हुन सक्दैन । मानिसको भावना, बवचार र चेतनाको बिकास हुन जरुरी छ भन्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा सहभागि दलित समुदायका महिला र पुरुषहरुसँगै उपस्थित नेता, कार्यकर्ताहरुले सहभोजन गरि नयाँ वर्षको शुभकामना आदान प्रदान समेत गरेका थिए ।

जागरण अभियानको प्रयासले यसको अन्तयका लागि नयाँ सन्देश प्रवाह हुने र शान्ति,स्थायिस्वका लागि समो योगदान पुग्ने बिश्वास ब्यक्त गरे ।

प्रकाशित मिति : ७ बैशाख २०७६, शनिबार  १ : ०४ बजे