विराटनगर-
विराटनगरमा प्रजनन स्वास्थ्य र शरीरमाथीको महिला अधिकार समबन्धि तयार परीएको सडक नाटक मञ्चन गरिएको छ । नेपाल परिवार नियोजन संघ, मोरङले तयारपारेको नाटक विराटनगर ८ स्थित विश्वकर्मा चौकमा मञ्चन गरिएको हो ।
प्रजननदर नियन्त्रणको क्षेत्रमा भुमिका खेल्दैआएको परिवार नियोजन संघले महिला केवल सन्तान जन्माउने मेसिनमात्र नभएर कसैकी प्रीय पात्र समेत हुन भन्ने मुल सन्देस बोकेको नाटकबाट अधिक सन्तानका कारण आमाको शरीरमा हुने जोखिम र पारीवारीक झमेलाका बिषयमा जनचेतना फैलाउने उद्देश्य रहेको थियो ।
परिवार नियोजन संघ मोरङले सामाजिक दायित्व अन्तरगर्त पिछडीएका समुदायमा यस्ता नाटकहरु निरन्तर मञ्चन गर्दै रहने अध्यक्ष सन्तनु रेग्मीले बताए ।
नाटकमा बिशाल ढुङगाना, सुभ ढुङगाना लगायत एक दर्जन कलाकारले अभिनय गरेका थिए ।