यो वर्षको वसन्त ऋतुमा अहिले सम्मकै धेरै आरोहिहरुले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्दै



बैशाख ९,काठ्माण्डौ-

बिश्वको सर्वोच्च शिखर सगरमाथा चढ्नका लागि यस पटकको आरोहण सिजनमा अहिले सम्मकै सबै भन्दा बढी आरोहीहरुले अनुमती माग गरेका छन ।

नेपाल सरकार पर्यटन विभागले यो वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा चढ्नका लागि अहिले सम्मकै बढी आरोहीहरुले अनुमती माग गरेको जनाएको हो ।

पर्यटन विभागका अनुसार सगरमाथामा यसअघि सन् २०१७ मा सबै भन्दा बढी ३७२ जनाले आरोहण अनुमति लिएका थिय यस पटक त्यस भन्दा पनि बढी सोमवारसम्म ३७५ जनाले आरोहण गर्ने अनुमती लिइ सकेका छन ।

यस सगै यो वर्षको वसन्त ऋतुमा अहिले सम्मकै धेरै आरोहिहरुले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने सम्भाबना बढेको समेत बिभागले जनाएको छ ।यस बाट देशलाई प्रशस्त राजस्व प्राप्त हुने छ भने पर्यटन  ब्यबसाय र पर्यटन ब्यबसायसग जोडिएको रोजगारी बृद्दिमा टेवा पुग्ने छ ।

पाँच नेपालीसहित ३८ टोलीले यस पटक आरोहणको अनुमती लिइ सकेका र आरोहीहरू अनुमती माग्न आउने क्रम अझै जारी रहेकोले अनुमती पाउने आरोहीहरुको सङ्ख्या अझै बढ्न सक्ने पर्यटन बिभागका सुचना अधिकारी सुरेन्द्र थापाले बताए ।

प्रकाशित मिति : बैशाख ९, २०७६ सोमबार  ७ : ५४ बजे