मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सोमबार भने नेप्सेको वृद्धिमा पूर्णविराम



काठमाडौं वैशाख, ९–
साताको पहिलो कारोबार दिन उच्च अंकले बढेको नेप्से आज सोमबार पुुन घटेको छ । नेप्से आज सात दशमलव २६ अंकले घटेर १२ सय ५६ दशमलव ९४ अंकमा पुुग्दा सेन्सिटिभ इन्डेक्स पनि दुुई दशमलव चार अंकले घटेर दुुई सय ७१ दशमलव ३७ अंकमा झरेको छ । आज कुुल एक सय ६८ कम्पनीहरुको १० हजार आठ सय ३६ वटा कारोबारमा ३२ लाख २२ हजार दुुई सय ५६ कित्ता सेयर किनबेच भएकाछन् भने सेयर कारोबार रकम एक अर्ब तीन करोड ७६ लाख ४३ हजार दुुई सय ९१ रुपैयाँ पुुगेको छ ।
आज ११ वटै समुहको कारोबार हुँदा सात वटा समुहले गुमाएका छन् भने चार वटा समुहले कमाएकाछन । ति मध्ष्धे बाँणिज्य बैंक समुहको सुचक १३ दशमलव ८९ अंकले घटेर ११ सय ५३ दशमलव ७४ अंकमा चढेको छ । बिकास बैक समुहको सुचक १२ दशमलव ९८ अंकले घटेर १५ सय १२ दशमलव ६४ अंकमा चढेको छ । जलबिद्युुत्त, लघुबित्त, होटल, फाईनान्स र अन्य समुहको सुचकपनि घटेकाछन् । निर्जिवन बीमा समुहको सुचक भने बढेको छ । यसैगरी जीवन बीमा टे«डिङ र होटल समुहको सुचक पनि क्रमश बढेकाछन् ।
कमाउने कम्पनीहरुको सुचीमा आज एभरेष्ट इन्स्योरेन्स कम्पनी परेको छ भने दोस्रो स्थानमा आईएमई लघुबित्त बित्तीय संस्था परेको छ । रकम कारोबार भएको आधारमा भने आज नेपाल बैंक प्रभुु बैंक लगायतका कम्पनीहरु परेकाछन् ।

प्रकाशित मिति : ९ बैशाख २०७६, सोमबार  १० : १८ बजे