मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

घटुवा गरिएको भन्दै नेकपाका जिल्ला नेता असन्तुष्ट, रुपन्देहीका जिल्ला सचिवद्वारा पद अस्वीकार



बुटवल वैशाख, १०–
सत्तारुढ नेकपाका शीर्ष नेताहरुले जिल्लामा अध्यक्ष र सचिवको पद बाँडफाँड मिलाएको घोषणा गरे पनि पार्टी नेताहरुमा असन्तुष्टि चुलिएको छ । सोमबार पार्टी एकीकरणपछि रुपन्देहीको जिल्ला सचिव पदमा मनोनित दधिराम न्यौपानेले पद अस्वीकार गरेको घोषणा गरेका हुन् ।

पार्टीको केन्द्रीय सदस्यसमेत रहेको न्यौपानेले ‘पार्टी एकता गर्दा यस्तो प्राविधिक त्रुटी भएको केन्द्रीय सदस्य भैसकेकाले सचिवमा अन्य व्यक्तिलाई दिनुपर्छ भन्ने आफ्नो मान्यता रहेको बताए । उनले यसबारे पार्टीको नेतृत्वलाई जनाकारी गराइसकेको पनि प्रष्ट पारे ।

रुपन्देही क्षेत्र नम्बर १ को ‘ख’ बाट प्रत्यक्ष निर्वाचित सांसदसमेत रहेका न्यौपाने प्रदेश नम्बर ५ को अर्थ, उद्योग, पर्यटन समितिका सभापति समेत हुन् ।

सोमबार घोषणा भएको जिल्ला कमिटीमा उनी सचिव पदमा ‘घटुवा’ भएका थिए । सोमबार घोषणा गर्दा पार्टीले रुपन्देहीको अध्यक्ष बुटवल उपमहानगरपालिकाका प्रमुख शिव सुवेदी र सचिवमा न्यौपानेको नाम सार्वजनिक भएको थियो ।

पूर्व माओवादीको सर्वसम्मत नाम सिफारिस भएका व्यक्तिलाई जिल्ला सचिव बनाउनका लागि आफूले आग्रह गरेको पनि न्यौपानेले बताए ।
पाँच नम्बर प्रदेशका १२ जिल्लामध्ये ७ जिल्लामा जिल्लामा दोहोरो भूमिका पाएका नेताहरु रहेका छन् ।

प्रकाशित मिति : १० बैशाख २०७६, मंगलबार  ६ : ०० बजे