रिना बस्नेत हत्याको छनबिन गर्न माग गर्दै स्थानियले गरेको आन्दोलन उग्र हुँदै



मोरङ-

मोरङको पथरीमा गत शनिबार बिहानामृत अवस्थामा फेला परेकी रिना बस्नेत हत्याको छनबिन गर्न माग गर्दै स्थानियले गरेको आन्दोलन  आन्दोलन तनाबपुर्ण हुन थालेको छ ।

स्थानियले गरेको प्रदर्शनका क्रममा स्थानीय र प्रहरीबीच झडप भएको छ।

स्थानीयले रिना बस्नेतको हत्यारा खोज्न भन्दै प्रदर्शन गरेका थिए। झडपको स्थिति सिर्जना भएपछि प्रहरीले २ राउण्ड अश्रुग्यास प्रहार गरेको ईलाका प्रहरी पथरीले जनाएको छ।

‘यहाँ नाराजुलुस उठिरहेको थियो। भीड बढेपछि नियन्त्रण गर्न २ राउण्ड अश्रुग्यास फालिएको हो,’ ईलाका  चौकीकी एक प्रहरी जवानले भनिन्।

रिनाको हत्यामाथि छानबिनको माग गर्दै बजारसमेत बन्द गरिएको छ।

प्रहरी प्रशासनले २९ वर्षिया बस्नेतको मृत्युको सत्यतथ्य सार्वजनिक गर्न नसकेको भन्दै जारी प्रदर्शनीका क्रममा स्थानीयले प्रहरीमाथि ढुङ्गामुढा गरेकाछन्। सोही घटनासंगै पथरी उद्योग बाणिज्य संघको नेतृत्वमा बजार बन्द गरिएको हो ।

प्रकाशित मिति : बैशाख १०, २०७६ मंगलबार  ९ : २८ बजे