मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विप्लव समूहकी रुपन्देही नेतृ सुवेदी प्रहरी नियन्त्रणमा



बुटवल वैशाख, ११–
विप्लव नेतृत्वको नेकपा रुपन्देहीकी जिल्ला सदस्य कल्पना सुवेदी पक्राउ परेकी छन् । महिला संगठनकी केन्द्रिय सदस्य समेत रहेकी सुवेदीलाई गएराती करिब १२ पक्राउ गरेको रुपन्देही प्रहरीले जनाएको छ । उनी देवदहस्थित आफ्नै घरबाट पक्राउ परेकी हुन् ।
विप्लव समूहलाई प्रतिबन्ध लगाएयता रुपन्देही प्रहरीले सुवेदी सहित जिल्ला तहका १० जना नेतालाई पक्राउ गरेको छ।

ती मध्ये सैनामैनाका जनसरकार प्रमुख बताईएका रेशमबहादुर खाँड, युवा संगठनका नेता सावद भनिने शेरबहादुर राना र शिक्षक संगठनका नेता रामजी आचर्य सहित ३ जनाले आत्मासमपर्ण गरि रिहा भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७६, बुधबार  ६ : ४९ बजे