नवलपुर वैशाख, १२–
नवलपुर जिल्लाका युवाहरूले एनसेलको सिम जलाएका छन् ।नीजि क्षेत्रको सबैभन्दा ठूलो टेलिकम सेवा प्रदायक कम्पनी एनसेल एक्जियटाले राज्यलाई तिर्नुपर्ने कर नतिरेको भन्दै उनीहरुले एनसेलको सीम जलाएका हुन् ।
नवलपुरका सामाजिक अभियन्ताहरूले सदरमुकाम कावासोतीस्थित फलफूलचोकमा राज्यलाई तिर्नुपर्ने कर नतिरेको भन्दै बुधबारदेखि एनसेलको सिम प्रयोग नगर्ने उद्घोष समेत गरेका छन् ।
सामाजिक अभियन्ता किरण भुर्तेलको संयोजकत्वमा उपस्थित युवाहरूले फलफूलचोकमा एनसेलका सिम, एनसेल सिम खरिद गर्दा लिइने फारम लगायतका एनसेलसँग सम्बन्धित कागजपत्र जलाउँदै बुधबारदेखि एनसेलको सिम प्रयोग नगर्ने घोषण गरेका हुन् ।
सरकारलाई ४० अर्बभन्दा बढी राजश्व नबुझाएर छलकपट गर्न थालेको भन्दै अन्य ठाउँमा पनि अभियान चलाइएको छ । त्यस्तै, अधिवक्ता सुरेन्द्र भण्डारीले पनिपुँजीगत लाभकर बापतको शुल्क तिराउन भन्दै बहस गर्दै आएका अधिवक्ता तथा एनसेलबिरुद्द अभियान नै चलाएका छन् ।