मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालगन्जमा अत्याधिक गर्मी : सात बर्ष एताकै उच्च गर्मिको नयाँ रेकर्ड



बैशाख १४, नेपालगन्ज-

मध्यपश्चिमको नेपालगन्जमा गत सात वर्ष यताकै सर्वाधिक गर्मी रेकर्ड भएको छ।

नेपालगन्जको राँझास्थित जल तथा मौसम विज्ञान बिभाग कार्यलका अनुसार हिजो शुक्रबार अधिकतम् तापक्रम ४१ डिग्री सेल्सियस र न्यूनतम् तापक्रम भने २३ डिग्री सेल्सियस रहेको थियो। सन् २०१३ देखि सन् २०१९ को अप्रिल २६ तारिखमा यो सबैभन्दा बढी गर्मी हो।

कार्यालयका अनुसार यो वर्ष औसत तापक्रम ३५ देखि ३८ को डिग्रीसेल्सियस थियो। प्रि–मनसुनको समयमा नै गर्मी अत्याधिक बढेको र आगामी असारसम्म अझै तापक्रम बढ्न सक्ने जल तथा मौसम विज्ञान बिभाग कार्यलयको अनुमान छ ।

नेपालगन्जमा शुक्रबार दिउँसो तातो हावा चलेको थियो।

प्रकाशित मिति : १४ बैशाख २०७६, शनिबार  ६ : ०४ बजे