आफ्नै स्थिरताको ठेगान नभएका कम्युनिष्टहरुले देशलाई के स्थिरता दिन्छन ? कांग्रेस नेता सिंह



बैशाख १४ ,तेह्रथुम-

पूर्व महामन्त्री एबम कांग्रेस नेता प्रकाशमान सिंहले आफ्नो पार्टिको नामनै स्थिर राख्न नसक्ने र आफैमा स्थिरता नभएका नेपालका कम्युनिष्ट पार्टिहरुले मुलुकलाई स्थिरता दिन नसक्ने बताएका छन ।

नेपाली कांग्रेस जिल्ला कार्समितिले तेह्रथुमले जिल्लाको सदरमुकाम म्याङ्लुङमा अयाेजना गरेकाे कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले  कम्युनिष्ट पार्टीहरु आफै अस्थिर भएकोले उनिहरुले देशमा स्थिरता ल्याउछौ भनेर भ्रम मात्र छर्ने काम गरेको बताए ।

संबिधानसभाको निर्बाचन गराएर संबिधानसभामार्फत कांग्रेसकै  नेतृत्वमा मुलुकले सम्बिधान पाएको र स्थानिय तहको सफल निर्बाचन गराएर कांग्रेसलेनै देशलाई स्थिरता प्रदान गरेको  उल्लेख गर्दै नेता सिंहले कम्युनिष्टहरुले गफ मात्रै गरेको आरोप लगाए ।

नेता सिंहले पार्टीभित्रका कमी कमजोरीहरु लाई स्विकार गरेर त्यस्को समाधान खोज्न पार्टी नेतृत्व तयार हुनुपर्नेमा समेत जोड दिए ।

तेस्तै कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य बलबहादुर केसिले पार्टी बिधान अनुसार संस्थागत ढङ्गले नचल्दा र नेतृत्वमा भएको अहमताका कारण पार्टी कमजोर हुन पुगेको बताए ।

कार्यक्रममा पार्टिका केन्द्रीय सदस्य सरिता प्रसाईं कांग्रेस खाेटाङ जिल्ला सभापति नरेस श्रेष्ठ, कांग्रेस उदयपुरपुकार सभापति बिदुर बस्नेत, काठमाडौ कांग्रेस सभापति सबुझ बानियाँ, तेह्रथुम सभापति गाेबिन्द ढुंगाना, पुर्ब मन्त्री राजेन्द्र कुमार के सि, पुर्ब मन्त्री दिपक खड्का लगायतले आफ्नो धारणा राखेका थिय ।

प्रकाशित मिति : बैशाख १४, २०७६ शनिबार  १० : २१ बजे