बैशाख १४,रौतहट-
नेपाली कांग्रेस रौतहटले रौतहटको राजपुर फरहदमा आज एक बिशाल जनसभा सम्पन्न गरेको छ ।जनसभालाई कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल ,कांग्रेस महामन्त्री शशाङ्क कोइराला लगायत शिर्ष नेताहरुले सम्बोधन गरेका छन ।
आमसभालाई सम्बोधन गर्दै बरीष्ट नेता रामचन्द्र पौडेलले कम्युनिष्ट सरकारले बिपी कोइराला, गणेशमान, गिरिजाबाबु, मनमोहन सिंहजस्ता देशका नेताहरुले भाषण गरेको ठाँउ जनाताको सम्पति,लोकतन्त्रको पर्याय खुलामञ्च पनि बेच्न खोजेको बताएका छन ।
नेता पौडेलले काण्डैकाण्डमा मुछिएका कम्युनिष्टहरुको सरकारले जनतालाई ठग्ने काम मात्र गरिरहेको आरोप लगाए ।
कम्युनिष्टहरुले समृद्धी र विकासको झुठा नारा दिएर जनतालाई ठगेको मात्र होइन अहिले सरकारमा लुटतन्त्र मचाइरहेको पनि बताए ।

३३ किलो सुनकाण्ड, अरबौंका भ्रष्टाचार काण्डहरु , बालुवाटारको जग्गा काण्ड, बाइडबडी काण्ड हुँदाहुँदै अहिले खुलामञ्च टुुँडीखेल बेच्नेमा सरकार लागि रहेको बरिष्ठ नेता रामचन्द्र पौडेलले बताए ।
तेस्तै जनसभालाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री शशाङ्क कोइरालाले २००७ सालमा कांग्रेसले राणाविरुद्वको आन्दोलनको सुरुवात तराइबाट गरेको बताउदै कांग्रेस र मधेसको समबन्ध सुमधुर रहेको बताए ।
कम्युनिष्टहरुका कारण फेरी पनि देशमा द्वन्द बढ्ने सम्भाबना रहेको औल्याउदै महामन्त्री कोइरालाले कम्युनिष्टहरुकै कारण जहिले पनि देशमा द्वन्द्द अस्थिरता र भ्रष्टाचार बढिरहेको उल्लेख गरे ।उनले कम्युनिष्ट पार्टीहरुको सक्काली अनुहार जनताले देखी सकेकोले अब जनता नझुक्किने बताए ।
कार्यक्रमलाई केन्द्रिय सदस्य मोहम्मद अफ्ताब आलम ,रौतहटका शभापती लगायतनेता हरुले सम्बोधन गरेका थिय ।










