मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दार्चुलाको एउटा वडामा नेकपा रित्तियो, ८० जना कांग्रेसमा प्रवेश



काठमाडौं वैशाख, १५–
दार्चुलामा कांग्रेसमा प्रवेशको लहर नै चलेको छ । शनिबार मात्रै शैल्यशिखर नगरपालिका वडा नम्बर ४ काडापारीमा एकै वडाका ८० जना नेकपाका कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
गृहजिल्ला दार्चुलामा रहेका कांग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य दिलेन्द्र प्रसाद बडुले काडापारीमा आयेजित कार्यकर्ता भेटघाट कार्यक्रममा ८० जनालाई एक साथ नेपाली कांग्रेसमा प्रवेश गराएका हुन् । कांग्रेस शैल्यशिखर नगर कार्यसमितकिा सभापति मोहन साउदका अनुसार कांग्रेसमा प्रवेश गर्नेहरुमा शैल्यशिखर नगरपालिका ४ कांडापारीका स्थानीय नेकपाका नेता कृष्ण बोहरा र दलित अगुवा शंकर महरको नेतृत्वमा एकै वडाका ८०जना रहेका छन् । उनीहरुलाई पार्टी प्रवेशसहित नेपाली कांग्रेसको साधारण सदस्यता दिईएको नेपाल तरुण दल शैल्यशिखर नगर अध्यक्ष सुरेश विष्टले बताए । नवप्रवेशी युवाहरुलाई नगर तरुण दलमा समेत समावेश गरिएको छ ।
उक्त अवसरमा कांग्रेस केन्द्रीय सदस्य दिलेन्द्र प्रसाद बडुले सरकारको कार्यशैलीका कारण देशभरी कांग्रेसको पक्षमा जनलहर बढ्दै गएको बताए। वर्तमान सरकारले जनताको पक्षमा काम गर्न नसकेकोले सत्ताधारी पार्टीप्रति जनतामा वितृष्णा पैदा भएको छ, नेता बडुले भने, अब यस स्थानको विकासको जिम्मा नेपाली कांग्रेसको हो, यस वडामा गर्नुपर्ने सम्पुर्ण विकास स्थानीय तहबाट तत्काल सुरुवात गरिने छ।

नव प्रवेशीहरुलाई स्वागत गर्दै सवै अटाउने पार्टी नेपाली कांग्रेसमा सवैलाई उचित जिम्मेवारी समेत प्रदान गरी अबको दिनमा कांडापारीको विकासको लागी नेपाली कांग्रेसको पहिलो प्राथमिकतामा राखेर नगरपालिकाबाट कार्यक्रम संचालन गरिने नेपाली कांग्रेस दार्चुलाका सभापति ललित सिह बोहराले बताए ।

लामो समय कम्युनिष्ट पार्टीमा रहेका काडांपारीका जनताले कम्युनिष्टको दुई तिहाई सरकार हुँदा समेत आफनो गाँउको आधारभुत आवश्यकता खानेपानी, बाटो, विद्युत, विद्यालय, स्वास्थ्यमा सुधारको लागी कुनै पहल नगरेकोले सोही पार्टीमा बसिरहन नसकि नेपाली कांगेसमा प्रवेश गरेको बताएका थिए ।

प्रकाशित मिति : १५ बैशाख २०७६, आइतबार  ३ : २४ बजे