मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भ्रष्टाचारिहरुलाई कार्बाहिको माग गर्दै भक्तपुरमा तरुण दलको बिरोध प्रर्दशन



बैशाख १५,भक्तपुर्-

विभिन्न भ्रष्टाचार काण्डमा संलग्नलाई भ्रष्टाचारिहरुलाई कार्बाहिको माग गर्दै आज तरुण दल भक्तपुरले प्रर्दशन गरेको छ। तरुण दलले निर्मला हत्या देखि वाईडवडी खरिद, वालुवाटारको जग्गा खरिद प्रकरणमा संलग्नलाई कारवाहीको मागगर्दै जुलुश प्रदर्शन गरेको हो । ।

 

भक्तपुरको दुध पाटि देखी जिल्ला प्रशासन कार्यालय सम्म सरकार बिरुद्द नाराबाजी सहित तरुण दलाले जुलुश प्रर्दशन गरेको छ। तरुण दल भक्तपुरले  तरुण दल भक्तपुरका जिल्ला अध्यक्ष राजु थापाको नेतृत्वमा भक्तपुरका प्रमुख जिल्ला अधिकारी मार्फत भ्रस्टाचारिलाई कार्बाहिको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र समेत बुझाएको छ।

 

८ बुँदे ज्ञापन पत्रमा कञ्चनपुरकी १३ वर्षीय किशोरी निर्मला पन्तको हत्या भएको १० महिना सम्म दोषीको पहिचान गरी कारवाही नभएको घटनाप्रती गम्भीर ध्यानाकर्षण भएको र यस बिशयले देशकै इज्जतमाथी प्रश्न उठेको उल्लेख गर्दै पिडितलाई न्याय दिन माग गरिएको छ।

प्रकाशित मिति : १५ बैशाख २०७६, आइतबार  १२ : ५१ बजे