मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिरामी आफैं जेनेरेटर बोकेर जानुपर्छ डोल्पा जिल्ला अस्पतालमा



डोल्पा वैशाख, १६–
उपचार गर्न आउने बिरामी आफैं जेनेरेटर बोकेर अस्पताल धाउनुपर्ने बाध्यता डोल्पालीको छ । जिल्ला अस्पतालमा एक्सरे मेसिन चल्ने पर्याप्त बिजुली नहुँदा रोग पहिचानका लागि स्थानीय जेनेरेटर बोक्न बाध्य भएका हुन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । बिरामीका आफन्तले जेनेरेटरको व्यवस्था गरेपछि मात्रै अस्पतालले एक्सरे गरिदिन्छ । बजारबाट प्रतिघण्टा पाँच सय रुपैयाँ भाडामा जेनेरेटर ल्याउने गरेको स्थानीय ५५ वर्षीया मंगली रोकायाले बताइन् ।

छोराको हात भाचिँदा आफैंले जेनेरेटर बोकेर अस्पताल लगेको पीडित जयकृष्ण हमालले सुनाए। उनी भन्छन्, ‘स्थानीय सरकार र अस्पताल व्यवस्थापन समितिले बेवास्ता गरी डोल्पाका नागरिकले दुःख पाइरहेका छन्, एक्सरे गर्न आफैं भाडामा जनेरेटर लिएर छोराको भाँचिएको हातमा प्लास्टर गर्नुप¥यो ।’

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार  २ : १२ बजे