मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सडक मिचेर ब्यापार गर्ने बिरुद्द उत्रीयो बिराट्नगर महानगरपालिका : पैदल यात्रीलाई राहत (फोटो फिचर)



१७ बैशाख,विराटनगर-

सडक अतिक्रमणको विरुद्धमा विराटनगर महानगरपालिका कडारुपमा प्रस्तुत भएको छ । मंलबार सडक अनुगमनका क्रममा सडक   पेटी मिचेर संञ्चालन गरिएका व्यवसायीहरुका समान नगरप्रहरीले पक्राउ गरेको छ । महानगरका उप–प्रमुख ईन्दिरा कार्की , प्रमुख प्रशाशकीय अधिकृत , एक देव अधिकारी , अधिकृत पुनम दाहाल, नगरप्रहरी सहितको टालीले सडकको अनुगमन गरेको मानगरका प्रमुख प्रशाशकीय अधिकृत एकदेव अधिकारीले अनुगमन गरेका थिए ।

उप–प्रमुख ईन्दिरा कार्कीका अनुसार अनुगमनको ४ दिन अघाडि महानगरले माईकिङगरेर नगरबासीहरुलाई सडक पेटी खाली गर्न अनुरोध गरेको थियो । तर विराटनगरमा सडक मिचेर व्यपारीहरुले अटेर गरेपछी नगरपालिकाले प्रहरी प्रयोग गरेर सडकको पेटिमा राखिएका सामाग्रीहरु उठाएर लगेको हो ।

अनुगमनका क्रममा जनताले  राम्रो संग हिड्न पाउन भनेर महानगरले एस्तो कदम चालेको उप–प्रमुख कार्कीले बताइन ।तेस्तै प्रमुख प्रशाशकीय अधिकृत अधिकारीले  सडक अतीक्रण राम्रो काम हैन महनगरले सबैलाई सचेत गराएको छ त्यसै अनुसार सडक खाली गर्नुपर्ने बताए ।

ब्यबसायिहरुले भने  व्यवसायका लागी बेच्ने सामाग्री सडक भेट्नेगरी राखिएको स्विकार गर्दै नगरप्रहरीले सामाग्रीहरु उठाएर लगेको दुःखेसो व्यक्त गरेका छन । नगरप्रहरीले करिब दुई लाख बराबरको व्यपारीका सामान नियन्त्रणमा लिएको जनाएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७६, मंगलबार  २ : २७ बजे