मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ठुलो जनधनको क्षति हुनेगरी यती ठुलो घटना हुँदा समेत मौसम पूर्वानुमान महाशाखाले किन पूर्व सुचना दिन सकेन ?



चैत १८,काठ्माण्डौ-

गएराती बारा र पर्सा लगायत तराईका विभिन्न क्षेत्रमा आएको भीषण हावा हुरीले ठुलो जनधनको क्षति पुर्याएको छ । पछिल्लो विवरण अनुसार हालसम्म ३१ जनाको ज्यान गएको छ भने ४०० बढी घाइते भएका छन् ।

यत्रो ठूलो प्राकृतिक विनास हुन लाग्दा समेत मौसमको पूर्वानुमान गर्ने सकारी निकाय जल तथा मौसम पूर्वानुमान महशाखाले  कुनै पूर्व सुचना जारी गर्न सकेन ।

स्थानीय वायुको प्रभाव र भारतको मध्यप्रदेशमा निम्न चापीय क्षेत्र विकसित हुँदा हावाहुरीले शक्तिशाली स्वरूप लिएको देखिएको बताइएको छ । स्थानीय वायुकै प्रभावले बादल धेरै बनेर एकैचोटी तल खनिँदा हावाहुरी सिर्जना भएको बताइन्छ ।

तर जल तथा मौसम विभागका मौसमविद्का अनुसार स्थानीय वायुको प्रभाव उच्च भएकाले पूर्वानुमान संयन्त्रमा सचेत गराउनेगरी कुनै संकेत देखिएको थिएन ।

भारतको मौसम पूर्वानुमान निकायले चाहिँ नेपाली सीमा जोडिएका बिहार तथा पश्चिम बंगाल राज्यमा प्रतिघण्टा ४० देखि ५० किलोमिटरको गतिमा हावा चल्न सक्ने बताएको थियो ।

नेपालको मौसम पूर्वानुमान महाशाखाले सोमवार दिउँसो नेपालका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहने र बाँकी भूभागमा आंशिक बदली रहने जनाएको र पहाडी भेगको केही स्थानमा तथा पूर्वी तराई भेगका एकदुई स्थानमा मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको सामान्य र परम्परागत सुचना दिएको थियो ।

यस बिशयमा सार्बजनिक प्रश्नहरु उठे पछी मौसमविदहरुले आँधि आउन सक्ने पूर्वानुमान भए पनि पर्याप्त प्रविधि र मोडल नहुँदा आँधीको बेगबारे यकिन गर्न नसकिएको उत्तर दिएका छन । बारा-पर्सामा आएको आँधीलाई दुर्लभ भन्दै मौसमविदले यो अनुसन्धानको विषय भएको समेत बताएका छन् तर मौसम पूर्वानुमान गर्ने राज्य स्तरको सम्यन्त्र र निकाय हुँदा हुँदै त्यसले ठुलो जनधनको क्षति हुनेगरी भएको यती ठुलो घटनाका बारेमा कुनै पूर्व सुचना दिन नसक्नु निश्चय नै निन्दनिय छ र आगामी दिनहरुमा आउन सक्ने एस्ता पाकृतिक बिपत्तीहरुबाट हुने क्षति सग जोगिन मौसमको पूर्वानुमान गरी सुचना जारी गर्ने राज्यका निकायहरुलाई उपयुक्त प्रबिधी र जनशक्तीको तत्काल ब्यबस्था गर्न जरुरी पनि छ ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  ६ : ४० बजे