जनकपुर चैत, १८–
प्रदेश २ को मन्त्रिपरिषद बैठकलेले आइतबार राति आएको हावाहुरीले बारा, पर्सा लगायतका जिल्लामा भएको ठूलो धनजनको क्षतिप्रति गहिरो दुःख प्रकट गरेको छ । आज बिहान बसेको बिहानै बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले मृतकका परिवारलाई तत्काल ३ लाख रुपैयाँ दिने निर्णय समेत गरेको छ । प्रदेश सरकारले प्राकृतिक विपतिमा परेर घाइते भएकाहरुको उपचार खर्च व्यहोर्ने र घरबार गुमेकाहरुको बासस्थानका लागि पहल गर्ने समेत जनाएको छ । मुख्यमन्त्री लालबाबु राउतले प्रत्येक मृतकलाई तीन लाखका दरले तत्कालीन राहत दिने र उपचारमा जति खर्च हुन्छ, त्यो प्रदेश सरकारले व्यहोर्ने निर्णय गरेको बताए । त्यसैगरी तत्कालका लागि बासस्थानका के गर्न सकिन्छ, त्यो गर्ने र पीडितहरुको पुनर्वासका लागि पहल गर्ने समेत मुख्यमन्त्री राउतको भनाइ छ । उनले आफूहरु राति नै देखि उद्धारको कार्यमा खटिरहेको पनि जानकारी गराए ।
आइतबार राति बारा र पर्साका विभिन्न ठाउँमा असिनापानीसँगै आएको हावाहुरीबाट ३२ जनाको मृत्य भएको तथा कलैया, वीरगञ्ज लगायतका अस्पतालहरुमा ४ सय भन्दा बढी घाइतेहरु उपचारत रहेको बताईएको छ ।
उपचारका क्रममा थप केही घाइतेको समेत निधन भएका समाचारहरु आइरहेका छन् । सुरक्षाकर्मी र स्थानीय उद्धारकर्मीहरु रातिदेखि अहिलेसम्म उद्धारमा खटिइरहेका छन् ।
१८ चैत्र २०७५, सोमबार
0
Shares