मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हुरी प्रभावित क्षेत्रमा प्रधानमन्त्री ओलीको हवाइ निरीक्षण



बारा चैत, १८–
प्रधानमन्त्री केपी शर्मा ओलीले हवाहुरी प्रभावित क्षेत्रको हवाइ निरीक्षण गरेका छन् । प्रधानमन्त्री ओलीले बाराको फेटा गाउँपालिकाको हवाइ निरीक्षण गरेका हुन् ।

सोमबार दिउँसो झापाबाट बारा आइपुगेका प्रधानमन्त्री ओलीले हावाहुरीबाट सबैभन्दा बढी प्रभावित फेटाको हेलिकोप्टरबाट निरीक्षण गरेका हुन् ।
प्रधानमन्त्री चढेको हेलिकोप्टर घटनास्थलको निरीक्षणपछि कलैयास्थित सेनाको क्याम्पमा अवतरण भयो । त्यहाँ प्रधानमन्त्रीले हावाहुरीबाट भएको क्षति, उद्धार तथा राहतमा भइरहेको प्रयासबारे ‘ब्रिफिङ’ लिएका छन् ।

आइतबार विभिन्न कार्यक्रममा भाग लिन गृहजिल्ला मोरङ र झापा पुगेका प्रधानमन्त्री ओली तथा गृहमन्त्री रामबहादुर थापा बादल नेपाली सेनाको हेलिकोप्टरबाट सोमबार बारामा ओर्लिएका हुन् ।
प्रधानमन्त्रीसँगै घटनास्थलमा उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र गृहमन्त्री रामबहादुर थापा बादल पनि छन् । साथै कलैयामा प्रधानमन्त्रीका साथमा भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ, सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राई र तीनवटै सुरक्षा निकायका प्रमुखहरु सहभागी छन् ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  ९ : ४६ बजे