मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दैलेख केन्द्रबिन्दु बनाएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गयो



दैलेख चैत, १९– प्रदेश ६ को  दैलेख केन्द्रबिन्दु भएर भूकम्प गएको छ । भूकम्प मापन केन्द्र, सुर्खेतका अनुसार सोमबार राति राति ८ बजेर ४७ मिनेटमा दैलेखको भवानी केन्द्रबिन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो ।

सोमबार साँझ भूकम्प गएको समयमा नै मेघ गर्जनसहित हावाहुरी पनि चलेकाले जनजीवन त्रसित बनेको थियो । राति साढे ८ बजेतिर सुरु भएको हावाहुरी करिब आधा घण्टा चलेको थियो ।

हावाहुरीसँगै परेको चट्टयाङ लागेर महाबु गाउँपालिका –४ का वडासदस्य नरेन्द्र शाही घाइते भएको दैलेख प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हावाहुरीले विद्यालयको छाना उडाएको छ भने मानवीय क्षति भएको छैन ।

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार  २ : ०२ बजे