बारा, पर्साका हावाहुरी पीडितलाई एक करोड सहयोग प्रदेश ३ सरकारको निर्णय



काठमाडौं चैत, १९–
प्रदेश ३ सरकारले बारा, पर्साका हावाहुरी पीडितलाई एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । मंगलबार बसेको प्रदेश २ को मन्त्रिपरिषद बैठकले उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता समेत रहेका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले बैठकले प्रदेश २ सरकारमार्फत पीडितलाई राहत रकम पठाउने निर्णय गरेको हो ।
हिँजो मात्रै मुख्यमन्त्री पौडेलसहित आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल, सामाजिक विकास मन्त्री युवराज दुलालसहितको टोली प्रभावित क्षेत्रको निरीक्षण गरेर फर्किएको थियो । निरीक्षणकै क्रममा मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले सहयोग गर्ने वचन दिएका थिए । टोलीले प्रभावित क्षेत्रको निरीक्षण पश्चात बाराको कलैया अस्पताल र वीरगञ्जको नेशनल मेडिकलमा गएर घाइतेहरुको अवस्थाको जानकारी पनि लिएको थियो ।

प्रारम्भिकरुपमा एक करोड सहयोग गरेपनि अन्य सहयोग पनि जारी रहने प्रदेश सरकारले जनाएको छ । विपदको घडिमा यो वा त्यो प्रदेश नभनी सहयोग गर्नुपर्ने उनको भनाइ थियो । साथै मुख्यमन्त्री पौडेलले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धान्जली, आफन्तजनप्रति समवेदना र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।

प्रकाशित मिति : चैत्र १९, २०७५ मंगलबार  ६ : १९ बजे