मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बारा र पर्साका हुरी पीडितलाई एक करोड सहयोग गर्ने सुदूरपश्चिम प्रदेश सरकारको निर्णय



काठमाडौं चैत, १९–
सुदूरपश्चिम प्रदेश सरकारले बारा र पर्सामा आँधिहुरीबाट पीडितहरुलाई एक करोड सहयोग गर्ने घोषणा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आँधीबाट विस्थापित भएका पीडितहरुका लागि एक करोड रकम सहयोग गर्ने निर्णय गरेको हो । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले उक्त सहयोग गर्ने निर्णय भएको बताएका हुन् । मन्त्रिपरिषदको निर्णयअनुसार सहयोग रकम प्रदेश नम्बर २ सरकारले स्थापना गरेको मुख्यमन्त्री राहत कोषमा जम्मा गरिनेछ । यसअघि प्रदेश ३ सरकारले पनि एक करोड सहयोग गर्ने निर्णय गरिसकेको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार  ८ : ३८ बजे