मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अहिलेको सबै भन्दा ठुलो आवश्यकता कांग्रेसभित्रको एकता : कांग्रेस महामन्त्री कोइराला



चैत १९, स्याङ्जा-

कांग्रेस महामन्त्री शशांक कोइरालाले अहिलेको सबै भन्दा ठुलो आवाश्यकता कांग्रेसको एकता भएको बताएका छन ।

नेपाल प्रेस यूनियन स्याङ्जाले वालिङमा गरेको पत्रकार भेट्घाटमा बोल्दै कांग्रेस महामन्त्री कोइरालाले कांग्रेस भित्रको बलियो एकता कांग्रेसको मात्रै नभयर अहिलेको परिस्थितिमा सिङ्गो देशकै आवाश्यकता भएको बताए ।

देशमा खुलेआम भ्रस्टाचार् , अराजकता, दण्डहिनता , भ्रस्टाचार् र अपराधलाई राज्यको सम्रक्षण पछिल्लो समय झन बढ्न थालेको उनले बताए ।

बार्ताबाट समाधान नखोजेर नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउने सरकारको निर्णय त्रुटिपुर्ण रहेको भन्दै कोइरालाले
यसले फेरी पनि देशलाई द्वन्दको खतारामा पुर्याएको बताए ।सरकारले एक पछी अर्को गल्ती गर्न थालेको उल्लेख गर्दै अब देशलाई शान्ती सुशासन र बिकाश दिन कांग्रेसको कुनै बिकल्प नै नभएकोले कांग्रेसको भबिष्यका लागी र देशका लागी कांग्रेस भित्रको भाबनात्मक एकता र बलियो कांग्रेसको आवाश्यकता रहेकोमा महामन्त्री कोइरालाले जोड दिए ।

कार्यक्रममा कांग्रेस केन्द्रिय सदस्य धनराज गुरुङ्ले अब अनुशासन समिती सकृय रहने र अनुशासन बिपरित कार्य गर्नेलाई कार्बाही हुने बताए ।

महामन्त्री कोइराला पछिल्लो समय बिभिन्न प्रदेशहरुको लगातार भ्रमण र पार्टिका नेता कार्यकर्ताहरु सग भेटघाटमा सकृय रहेका छन ।

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार  १० : ३४ बजे