नेप्सेमा आज पनि देखियो उच्च वृृद्धि



काठमाडौं चैत, १९–
आज मंगलबार नेप्से उच्च अंकले बढेको छ । आज नेप्से १३ दशमलव ७२ अंकले बढेर ११ सय ६३ दशमलव ४७ अंकमा पुुग्दा सेन्सिटिभ इन्डेक्स तीन दशमलव ३४ अंकले बढेर दुुई सय ४८ दशमलव १५ अंकमा चढेको छ । आज एक सय ६९ कम्पनीहरुको सात हजार आठ सय २४ वटा कारोबारमा १८ लाख ९३ हजार एक सय २० कित्ता सेयर किनबेच हुँदा सेयर कारोबार रकम ५० करोड आठ लाख ८१ हजार सात सय ३८ रुपैयाँ पुुगेको छ ।
आज १० वटा समुहको कारोबार हुँदा जलबिद्युुत र नीर्जिवन बीमा समुुहले गुमाएका छन् भने बाँकी समुहले कमाएका छन् । कमाउने समुह अन्र्तगत परेको वाणिज्य बैंक समुहको सुचक १९ दशमलव ६७ अंकले बढेर एक हजार १९ दशमलव ३२ अंकमा पुुग्दा बिकास बैंक समुहको सुचक पनि तीन दशमलव ६१ अंकले बढेर १४ सय ६० दशमलव २८ अंकमा चढेको छ । आज निर्जिवन बीमा, होटल, फाईनान्स, उत्पादनमुुलक, अन्य लघुबित्त समुहको सुचक पनि बढेका छन् ।
कमाउने कम्पनीहरुको सुचीमा आज भार्गभ बिकास बैंक, लक्ष्मी ईक्विटी फण्ड आदि परेकाछन् भने गुमाउने कम्पनीहरुको सूुुचीमा युनिर्भसल पावर कम्पनी, अकञ्चन डेभलपमेन्ट बैंक आदि परेका छन् । यसैगरी रकम कारोबार भएको आधारमा भने आज एनसीसी बैंक, एनआईसी एशिया बैंक आदि परेका छन् ।

प्रकाशित मिति : चैत्र १९, २०७५ मंगलबार  १० : १४ बजे