मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हुरीबाट मारिएका प्रत्यक परिवारलाई ५/५ लाख दिने प्रचण्डको घोषणा



काठमाडौं चैत, १९–
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बारा र पर्सामा हावाहारीबाट मृत्यु भएका प्रति परिवारलाई ५ लाख सहयोग गर्ने घोषणा गरेका छन् । मंगलबार बाराको फेटा गाउँपालिका ६ बरैनियाँमा अध्यक्ष प्रचण्डले उक्त घोषणा गरेका हुन् ।
उनले मधेस शोकमा रहेका बेला सिंगो देशले सहयोग गर्नुपर्ने बताए । हावाहुरीबाट प्रभावितलाई भेट्न मधेस झरेका प्रचण्डले मंगलबार नै पर्साको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचाररत घाइतेहरुलाई भेटेका थिए । आइतबार आएको बिनाशकारी आँधीबाट २७ जनाले ज्यान गुमाएका छन् भने ४ सय बढी घाइते भएका छन् । विभिन्न राजनीतिक दल, संघ संस्थाहरुले पीडितहरुलाई सहयोग गर्ने घोषणा गरिरहेका छन् ।

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार  १० : १८ बजे