काठमाडौं चैत, २०–
राष्ट्रिय विकास परिषदको बैठक राजधानीमा सुरु भएको छ । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले होटल सोल्टीमा उक्त बैठकको उदघाटन गरेका हुन् । तीनै तहका सरकारी अधिकारीहरु पनि बैठकमा सहभागी हुन काठमाडौं आइपुगेका छन् ।
राष्ट्रिय योजना आयोगका सहसचिव डा. किरण रूपाखेतीका अनुसार पन्ध्रौं योजनाको आधारपत्रलाई बैठकले अन्तिम रुप दिने तयारी रहेको छ । आयोगले २५ वर्षे दीर्घकालीन सोचसहित आधारपत्र तयार पारेको छ । सो आधारपत्रमा ‘समृद्ध नेपाल सुखी नेपाली’को नारालाई सार्थक बनाउने रणनीति छ । योजना आयोगले राष्ट्रिय विकास परिषदको बैठकमा प्राप्त सुझावलाई समेट्दै आधारपत्रलाई अन्तिम रुप दिएर मन्त्रिपरिषदमा तयारी गरेको बुझिएको छ ।
उक्त बैठकमा नेकपा अध्यक्ष प्रचण्ड, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री युवराज खतिवडा, कांग्रेस उपसभापति विजयकुमार गच्छदारलगायतको सहभागीता रहेको छ ।
चैत्र २०, २०७५ बुधबार
0
Shares