मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कीर्तिपुरको सस्कृती झल्काउने गरी ‘कीर्तिपुर महिला महोत्सव २०७५’ आयोजना गरिदै



कीर्तिपुर-

कीर्तिपुर नगरपालिका स्थापना भएको २३ बर्ष पुगेको  उपलक्ष्यमा ‘कीर्तिपुर महिला महोत्सव २०७५’ हुने भएको छ।

किर्तिपुर नगरपालिकाको  वडा १, २, ३ व १० मा उक्त महोत्सव हुने भएको हो कीर्तिपुरका महिलाहरुले उत्पादन गरेका विभिन्न सामाग्रीहरुको प्रर्दशनीका अलावा विविध नेवाः परिकारहरु महोत्सवमा राखिने भएको छ ।

उक्त महोत्सवमा हस्तकला,साना उद्योग प्रदर्शनी, खाना स्टल, साँस्कृतिक प्रदर्शनी, बाजागाजा प्रदर्शनी, सुकुल बुनाइ, मण्डला प्रदर्शनी,लाखे नाच,धिमे नाच, स्थानीय कृषि उत्पादन प्रदर्शनीलगायत प्रदर्शनी हुनेछ।

सम्पूर्ण साँस्कृतिक प्रेमीहरूलाई सहभागीको निम्ति कीर्तिपुर नगरपालिकाले अनुरोध गरेको छ।

चैत २१ गतेदेखि २३ गतेसम्म हुने महोत्सवलाई ‘कीर्तिपुर वुमेन्स फेस्टिभल २०७५’ नामाकरण गरिएको छ ।

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार  ११ : ५४ बजे