मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राहत वितरण र अस्थाइ घर टहरा निर्माणमा जुटे कांग्रेस युबा नेता पौडेल



बारा-

आइतवार प्रदेश २ को बारा पार्सा लगायतका क्षेत्रमामा आएको आँधीबाट प्रभावितहरुका लागि कांग्रेस केन्द्रिय सदस्य प्रदीप पौडेल कार्यकर्ता सहित प्रभावित क्षेत्रमा पुगेका छन् ।

केन्द्रिय सदस्य एबम युबा नेता पौडेल  नेविसंघका पूर्वमहामन्त्री कुन्दन राज काफ्ले, पूर्व उपाध्यक्ष रामप्रसाद अधिकारी लगायतका नेविसंघका नेताकार्यकर्ताहरुको टोलि सहित प्रभावित क्षेत्रमा राहत बितरण गर्न पुगेका हुन ।

नेता पौडेलको टोलिले बारा जिल्लाको सुबर्ण गाउँपालिका १ बगइ क्षेत्रका हावाहुरी पिडित स्थानियहरुलाई बिभिन्न राहतका सामाग्रीहरु बितरण गरेको छ । राहतसँगै हुरिले घर भत्काउदा घर बिहिन बनेकाहरुलाई वासस्थानको लागि नेबिसंघ बारा जिल्लाकोको समन्वयमा अस्थायी टहरा समेत निर्माण गर्ने नेता पौडेलले न्यू सञ्चारलाई बताए ।

नेता पौडेल केहि समय अघी देखी स्वास्थ्य समस्याका कारण पार्टिका कार्यक्रमहरुमा कम देखा पर्दै आएका थिय ।

प्रकाशित मिति : २१ चैत्र २०७५, बिहिबार  ९ : ३९ बजे