काठमाडौं चैत, २१–
नेप्से सुचक तथा कारोबार रकम दुुबै घटेका छन् । आज बिहिबार नेप्से शुन्य दशमलव ६४ अंकले घटेर ११ सय ६५ दशमलव २० अंंकमा पुुगेको पुुग्दा सेन्सिटिभ पनि शुन्य दशमलव १५ अंकले घटेर दुुई सय ४८ दशमलव ५७ अंकमा झरेको छ । आज एक सय ७२ वटा कम्पनीहरुको छ हजार आठ सय ७१ वटा कारोबारमा १७ लाख ६९ हजार सात सय कित्ता सेयर किनबेच भएकाछन् भने सेयर कारोबार रकम ४२ करोड ३४ लाख ९२ हजार छ सय ६३ रुपैयाँ पुुगेको छ ।
आज १० वटा समुहको कारोबार भएकोमा छ वटा समुहले गुमाएका छन् भने चार वटा समुहले कमाएका छन् । कमाउने समुहमा परेको वाणिज्य बैंक समुहको सुचक शुन्य दशमलव ९५ अंकले बढेर एक हजार २४ दशमलव ८० पुुग्दा फाईनान्स समुहको सुचक पनि शुन्य दशमलव ५१ अंकले बढेर छ सय १५ दशमलव ९० अंकमा चढेको छ । निर्जिवन बीमा र उत्पादनमुुलक समुहको सुचक पनि बढेका छन् । बिकास बैंक, जलबिद्युुत, लघुुबित्त, जीवन बीमा, होटल र अन्य समुहको सुचक भने आज घटेका छन् ।
कमाउने कम्पनीहरुको सुचीमा आज सिन्धुु बिकास बैक, भार्गम बिकास बैंक आदि परेकाछन् भने गुमाउने कम्पनीहरुको सुचीमा युनिभर्सल पावर कम्पनी, राष्ट्रिय बीमा कम्पनीको संस्थापक सेयर आदि परेकाछन । रकम कारोबारका आधारमा भने आज एन आई सी एशिया बैंक, क्रेडिट एण्ड कर्मस बैक आदि परेका छन् ।
चैत्र २१, २०७५ बिहीबार
0
Shares