मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तरुण दलको निर्णयः बारा ,पर्सामा हुरीबाट मृत्यु भएका प्रति परिवारलाई १० हजार राहत



काठमाडौं चैत, २२–
बारा र पर्सामा हावाहुरीबाट मृत्यु भएका प्रत्येकका परिवारलाई नेपाल तरुण दलले जनही दश हजारका दरले राहत रकम उपलब्ध गराउने भएको छ । नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले बाराको प्रभावित क्षेत्रमा मृत्तकका परिवारलाई राहत रकम उपलब्ध गराउने घोषणा गरेका हुन् । तरुण दलका अध्यक्ष बस्नेतको यस्तो घोषणाले सरकारी राहत पाउन नसकेर कष्ट बेहोरीरहेका पीडितहरुलाई राहत मिल्नेछ । तरुण दलका अध्यक्ष बस्नेतले तराईमा यति ठूलो विपद आएर जनधनको क्षति भएपनि कम्युनिस्ट सरकारले राष्ट्रिय शोक घोषणा नगरेकोमा आपत्ति जनाए ।

उनले भने, ‘तराईमा यति ठूलो मानवीय क्षति हुँदा पनि राष्ट्रिय शोक घोषणा गर्न कम्युनिस्ट सरकारले चाहेन, ‘तत्काल राष्ट्रिय शोक घोषणा गर्न माग गर्दछु ।’ अध्यक्ष बस्नेतले विपदमा पनि राज्यले तराईलाई उपेक्षा गरेकोमा चिन्ता समेत गरेका छन् । बारा जिल्ला तरुण दल अध्यक्ष लोकेश सिंहले एकहप्तामा तरुण दलले आर्थिक सहयोग उपलब्ध गराउने जानकारी गराए । तरुण दलका नेता तथा कार्यकर्ता र शुभेच्छुकहरूसँग रकम उठाएर वितरण गरिने तरुणदलले तयारी गरेको छ ।
बुधबार तरुण दलले हावाहुरी प्रभावितलाई राहत वितरण समेत गरेको छ । कार्यक्रममा नेपाली कांग्रेस बाराका सभापति जयचन्द्र चौरसिया, कोषाध्यक्ष चन्द्रशेखर यादव, पर्साका कोषाध्यक्ष इम्तियाज आलम, नेविसंघका पूर्व केन्द्रीय उपाध्यक्ष सञ्जय यादवलगायतका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो । गत आइतबार आएको बिनाशकारी आँधीबाट बारा र पर्सामा २९ जनाको मृत्यु हुनुका साथै ४ सय बढी घाइते भएका छन् ।

प्रकाशित मिति : २२ चैत्र २०७५, शुक्रबार  २ : १५ बजे