मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिहानैदेखि देशैभर मेघ गर्जनसहित बर्षा, हावाहुरीसहित चट्याङ पर्ने सम्भावना



काठमाडौं चैत, २३–
शनिबार शिबहानैदेखि काठमाडौंसहित देशभरिकै मौसम बदली भई केही ठाउँमा पानी परिरहेको छ । मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायु, पूर्वमा बनेको न्यूनचापीय क्षेत्र, बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावका कारण देशभरिकै मौसम बदली भई केही ठाउँमा पानी परेको जनाएको छ ।

यो प्रणाली अहिले काठमाडौंसहित मध्य क्षेत्रमा धेरै देखिएको महाशाखाकी मौसमविद् मञ्जु बासीले जनाईन । यसकै प्रभावले उपत्यकासहित देशका धेरै ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने भएकाले सतर्कता अपनाउन उनले आग्रह गरेकी छिन् ।

अबको दुई घण्टाजति हावाहुरी र चट्याङसहित पानी पर्ने सम्भावना रहेको उनको भनाइ छ । यसकै प्रभावले पश्चिमको दार्चुला र पूर्वको ताप्लेजुङ आसपास मेघगर्जन र हावाहुरीसहित पानी परिरहेको छ ।झण्डै दुई घण्टा पानी परेपछि केही समय मौसम खुल्ने सम्भावना रहे पनि शनिबार दिउँसभरि नै पानी पर्ने सम्भावना रहेको छ । भोलि र पर्सि पनि मौसम खुल्ने सम्भावना नरहेको उनको भनाइ छ ।

प्रकाशित मिति : २३ चैत्र २०७५, शनिबार  १ : ४९ बजे