बिहानैदेखि देशैभर मेघ गर्जनसहित बर्षा, हावाहुरीसहित चट्याङ पर्ने सम्भावना



काठमाडौं चैत, २३–
शनिबार शिबहानैदेखि काठमाडौंसहित देशभरिकै मौसम बदली भई केही ठाउँमा पानी परिरहेको छ । मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायु, पूर्वमा बनेको न्यूनचापीय क्षेत्र, बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावका कारण देशभरिकै मौसम बदली भई केही ठाउँमा पानी परेको जनाएको छ ।

यो प्रणाली अहिले काठमाडौंसहित मध्य क्षेत्रमा धेरै देखिएको महाशाखाकी मौसमविद् मञ्जु बासीले जनाईन । यसकै प्रभावले उपत्यकासहित देशका धेरै ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने भएकाले सतर्कता अपनाउन उनले आग्रह गरेकी छिन् ।

अबको दुई घण्टाजति हावाहुरी र चट्याङसहित पानी पर्ने सम्भावना रहेको उनको भनाइ छ । यसकै प्रभावले पश्चिमको दार्चुला र पूर्वको ताप्लेजुङ आसपास मेघगर्जन र हावाहुरीसहित पानी परिरहेको छ ।झण्डै दुई घण्टा पानी परेपछि केही समय मौसम खुल्ने सम्भावना रहे पनि शनिबार दिउँसभरि नै पानी पर्ने सम्भावना रहेको छ । भोलि र पर्सि पनि मौसम खुल्ने सम्भावना नरहेको उनको भनाइ छ ।

प्रकाशित मिति : चैत्र २३, २०७५ शनिबार  १ : ४९ बजे