मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज पनि देशैभरको मौसम बदली, धेरै ठाउँमा मेघगर्जन र हावाहुरी चल्ने सम्भावना



काठमाडौं चैत, २४–
आइतबार पनि देशका अधिकांश स्थानको मौसम बदली भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपाल नजिकै बनेको न्यूनचापीय रेखा, अरब सागर र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा, पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावले शनिबार बिहानदेखि नै देशभरको मौसम बदली भई धेरै ठाउँमा मेघगर्जन र हावाहुरी चलेको हो ।

यसैको प्रभावले अहिले पनि धेरै ठाउँमा हावाहुरी र मेघगर्जनसहित पानी परिरहेको महाशाखाकी मौसमविद् शान्ति कँडेलले जनाईन् । अहिले मौसम खराब भए पनि अब केहीबेर पछि काठमाडौंसहित मध्य र पश्चिमको धेरै ठाउँमा घाम लाग्ने उनको अनुमान छ ।

तर पूर्वमा भने मौसम खुल्ने संभावना कम रहेको उनको भनाइ छ । मौसमविद्का अनुसार केहिबेरपछि मौसम खुल्ने मध्य र पश्चिममा दिउँसोपछि भने फेरि बदली भई धेरै ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी पर्ने सम्भावना रहेको छ ।

आइतबार मध्य र पश्चिमको तुलनामा पूर्वको मौसम धेरै बदली हुनेछ । हावाहुरी र चट्याङ पनि पर्नेछ । तर, आत्तिनुपर्ने अवस्था भने नरहेको मौसमविद् कँडेलको भनाइ छ ।

मौसम पूर्वानुमान महाशाखाले प्रिमनसुनमा दिउँसोपछि बदली भई मेघगर्जन र हुवाहुरी चल्ने भए पनि केहीदिनयता नेपाल नजिकै बनेको न्यूनचापीय रेखा, अरब सागर र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा, पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावले देशभरी कै मौसम बदली गराएको जनाएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७५, आइतबार  १ : ३९ बजे