काठमाडौं वैशाख, १८–
त्रिभुवन विश्वविद्यालय एशियाको उत्कृष्ट विश्वबिद्यालयको २ सय ५१ देखि ३ सयमा परेको छ ।
बेलायतमा मुख्यालय रहेको टाइम्स हायर एजुकेशनले गरेको ¥याङकिङमा त्रिभुवन विश्वविद्यालय २ सय ५१ देखि ३ सयौं स्थानमा परेको हो । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।
एशियाक्षेत्रको करिब ४८ मुलुकका चर्चित करिब ३ हजार भन्दा बढी विश्वविद्यालय छनौट गर्दा त्रिवि उत्कृष्ठ ३ सय भन्दा कम स्थानमा पुग्न सफल भएको छ ।
सो संस्थाले विश्वविद्यालय छनौट गर्न विभिन्न क्षेत्र तय गरेको थियो ।र्याङकिङमा सहभागि हुन विश्वविद्यालयले सोही अनुसार विवरण पेश गरेको थियो ।
सो संस्थाले गत वर्ष सन् २०१९का लागि विश्वभरका विश्वविद्यालयकालागि सार्वजनिक गरेको (याकिङमा त्रिवि एक हजार भन्दा मुनी परेको थियो । गत वर्ष गरेको निर्णय अनुसार त्रिवि ८ सय १ देखि १ हजारभित्र परेको जनाएको थियो ।
यो वर्ष एशियाली मुलुकका विश्वविद्यालय छनौट गरी निर्णय सार्वजनिक गर्न लागेको हो । टाइम्स हायर एजुकेशनले मंगलबार त्रिविलाई इमेल पठाएर सन् २०१९को लागि सो विश्वविद्यालय ३ सय भन्दा मुनी परेको उल्लेख गरेको थियो ।
संस्थाले एशियाको विश्वविद्यालयको अवस्थाबारे आज बुधबार नतिजा सार्वजनिक गर्दै छ ।