(गोपाल पोखरेल, विराटनगर
नाम र राजधानी तोक्ने बिषयले यतीखर प्रदेश न. १ र्गमाएको छ । सत्तारुढ नेकपा र विपक्षीदल भित्र पनि राजधानी र नामाकरणको बहसले माहोल र्गमाएको हो । प्रदेश न. १ को राजधानीमा स्थायी राजधानी र नामको बिषयले चर्काएको छ । यस बिशयमा सत्तारुढदल नेकपाका नेताहरु छलफलमा आज जुटेको छ । प्रदेशको नाम र राजधानी तोक्ने बिषयमा विराटनगरमा बैठक चलिरहेको छ ।
संसदीय दलको बैठक स्थगीत गरेर प्रदेश न. १ का पार्टीका वरिष्ठ नेताहरु , मन्त्रीहरु , सांसदहरु आज दिनभर जसो बैठक र छलफल नै चलाईरहेका छन । जारी बैठकले सबरुढ दलको तर्फबाट प्रदेशको नाम र स्थायी राजधानीको टुंगो लगाउने सामाजिक बिकास मन्त्री जिवन घिमिरेले बताए । बैठकमा नेकपाका प्रदेश १ का इञ्चार्ज भीम आचार्य, सहइञ्चार्ज शावित्रीकुमार काफ्ले, अध्यक्ष देवराज घिमिरे र सचिव सुरेशकुमार राई , मुख्यमन्त्री शेरधन राई र दलका उपनेता टंक आङबुहाङ र सांसदरु छलफलमा जुटेका हुन ।
बैठकले सम्भवत आज बेलुका सम्ममा प्रदेशको नाम र राजधानीको बिषयमा टुंगो लगाउने बताईएको छ । प्रदेश १ को अस्थायी राजधानी विराटनगर छ । प्रदेश सभामा दलहरुलाई भोली प्रदेशको नाम र राजधानीको प्रस्ताव लैजाने समय सिमा तोकिएको छ ।