मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बर्ड फ्लूबाट नेपालमै पहिलो पटक मानिसको मृत्यु , काभ्रेका युबकको बर्ड फ्लूबाटै मृत्यु भएको पुष्टी



बैशाख १९, काठमाडौं –

बर्ड फ्लू  भाइरसको सङ्क्रमणबाट नेपालमै पहिलो पटक मानिसको मृत्यु भएको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन गरेर काभ्रेका २१ वर्षीय युवाको बर्ड फ्लू  भाइरसको सङ्क्रमण बाट मृत्यु भएको जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार चैत १० गते ज्वरो र खोकीको लक्षण सहित बिरामी भएर अस्पताल भर्ना भएका २१ बर्सिय युबकलाई चिकित्सकले इन्फुएन्जाको संक्रमण भएको शंका लागि घाँटीको र्याल परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएपनि पुष्टि हुन नसकेपछि जापान पठाइएको र जापानमा भएको परिक्षणको रिपोर्ट अनुसार उनको मृत्यु बर्ड फ्यू भाइरस सङ्क्रमणबाट भएको पुष्टी भएको हो ।

मृत्यु भएका युबकको घाटिको र्यालको नमुना विश्व स्वास्थ्य संगठनको कोलाबेरेटिङ सेन्टर फर इन्फ्यूएन्जा जापानमा परीक्षण गर्दा बर्ड फ्यू पुष्टि भएको मन्त्रालयले जनाएको हो । बिरामी युबकको गता चैत १५ गते उपचारको क्रममा मृत्यु भएको थियो ।

बर्ड फ्यू भाइरस सङ्क्रमणबाट हालसम्म विश्वमा ८६० जनाको मृत्यु भइसकेको छ । नेपालमा भने बर्ड फ्यूबाट कसैको मृत्यु भएको यो नै पहिलो घटना हो ।

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहिबार  ७ : २५ बजे