काठमाडौं वैशाख, १९–
आज बिहिबार नेप्से सुचक तथा कारोबार रकम दुुबै नै घटेका छन् । नेप्से आज चार दशमलव २१ अंकले घटेर १२ सय ९४ दशमलव ३९ अंकमा झर्दा सेन्सिटिभ एक दशमलव २८ अंकले घटेर दुुई सय ७७ दशमलव ८२ अंकमा झरेको छ । आज एक सय ७० वटा कम्पनीहरुको सात हजार आठ सय ९८ वटा कारोबारमा १८ लाख तीन हजार २६ कित्ता सेयर किनबेच भएकाछन् भने सेयर कारोवार रकम ५८ करोड ७८ लाख ५५ हजार एक सय १३ रुपैयाँ पुुगेको छ ।
आज १० वटा समुहको कारोवार हुंदा होटल, निर्जिवन बीमा र उत्पादनमुुलक समुहले कमाएकाछन भने बाँकी सात वटा समुहले गुमाएका छन् । गुुमाउने समुहमा परेको वाणिज्य बैंक समुहको सुचक छ दशमलव ७६ अंकले घटेर ११ सय ६४ दशमलव २८ अंंकमा पुुग्दा विकास बैक समुहको सुचक १० दशमलव ३२ अंकले घटेर १५ सय ६३ दशमलव ६६ अंकमा चढेको छ । यसैगरी जलबिद्युत, जीवन बीमा, फाईनान्स, अन्य र लघुबित्त समुहको सुचक पनि घटेका छन् ।
कमाउने कम्पनीहरुको सुचीमा हिमालयन डिष्ट्रिलरी प्राली, शिवम सिमेन्ट आदि परेकाछन् भने गुुमाउने कम्पनीहरुको सुुचीमा युुनाईटेड मोदी हाईड्रो पावर कम्पनी, नबिल इक्विटी फण्ड आदि परेकाछन् । रकम कारोबारका आधारमा भने आज नेपाल बैंक लिमिटेड, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् ।
१९ बैशाख २०७६, बिहिबार
0
Shares