पाल्पामा नेकपाका नेता कार्यकर्ता कांग्रेसमा प्रवेश : कांग्रेस केन्द्रिय सदस्य गुरुङले गरे स्वागत



पाल्पा-

स्थिरता र सुसासन दिने बाचा सहित सत्तामा पुगेको नेकपा र नेकपा नेतृत्वको बर्तमान सरकार प्रती बितृष्णा बढे सगै नेकपा छोड्डै गाउ गाउमा नेपाली कांग्रेसमा प्रबेश गर्ने क्रम बढेको छ ।

यसै बिच पाल्पा जिल्लाको रामपुरमा रामपुरमा नेकपा परित्याग गरीनेकपाका थुप्रै नेता कार्यकर्ता एक कार्यक्रमका बिच नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेस प्रबेश गरेका उनिहरुलाई कांग्रेस केन्द्रिय सदस्य एबम युबा नेता धनराज गुरुङले पार्टिमा स्वागत गर्दै पार्टीको सदस्यता प्रदान गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस केन्द्रिय सदस्य एबम युबा नेता गुरुङले बर्तमान सरकार भ्रष्टाचारको नमुना भएको बताए ।नेता गुरुङले बर्तमान सरकारको कार्यकालामा भ्रष्टाचार्,असुरक्षा,दण्डहिनता मौलाएको आरोप लगाउदै नेकपालाई मत दिने जनाताले पष्चाताप गर्ने स्थिती आएको बताए ।

कार्यक्रमलाई  नम्बर ५ प्रदेशका सांसद तथा कांग्रेस पाल्पाका सभापति वीरबहादुर राना ,कांग्रेस रामपुर नगर सभापति नेत्रप्रसाद भट्टराई लगायत नेताहरुले सम्बोधन गरेका थिय ।

 

प्रकाशित मिति : बैशाख १९, २०७६ बिहीबार  ३ : १६ बजे