मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश ३ को नाम बाग्मती राख्ने सहमति जुट्यो



काठमाडौं वैशाख, २०–
प्रदेश ३ को नाम बाग्मती राख्ने तयारी भएको छ । प्रदेश ३ मन्त्रिपरिषद्निकट स्रोतका अनुसार बाग्मती नाम राख्ने विषयमा
लगभग राजनीतिक सहमति जुटिसकेको छ । त्यस्तै, राजधानी पनि हेटौंडा नै कायम गर्ने समेत सहमति जुटिसकेको बुझिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेकपाका नेताहरुले हेटौंडा नै राजधानी राख्न प्रदेश ३ लाई सुझाव दिएको स्रोतले जनाएको छ ।
प्रदेश ३ का मुख्यमन्त्री डोमरणी पौडेलले नाम राख्ने विषय अन्तिम चरणमा प्रवेश गरेको बताएका छन् । दउनले भने, ‘अघिल्लो अधिवेशनबाट नै हामीले नाम टुङ्ग्याउन खोजेका थियौं। अधिवेशन अन्त्य भयो। तर यसपटकको अधिवेशनबाट हामी टुंगोमा पुर्‍याउछौं।’

यसअघि प्रदेश ३ को नाम ताम्सालिङ, नेवा, बाग्मती राख्न प्रस्ताव पनि आएका थिए । त्यो भन्दा धेरै राजधानीको विषय उठ्दै आएको छ । हेटौंडाबाट काभ्रे अथवा भक्तपुरमा राजधानी राख्ने प्रस्ताव समेत उठ्दै आएको छ।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार  १० : २७ बजे