मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रपतिले ‘मेरो सरकार’भनेर गल्ती नगरेको प्रधानमन्त्री ओलीको दाबि



बैशाख २१ , काठ्माण्डौ-

संसदमा  नेपाल सरकारको  नीति तथा कार्यक्रम प्रस्तुत गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार नेपाल सरकारलाई मेरो सरकार भनेर कुनै गल्ती नगरेको प्रधानमन्त्री केपी शर्मा ओलिले स्पस्ट पारेका छन ।छिमेकी देश भारतमा पनि राष्ट्रपतिले पनि संसदलाई सम्बोधन गर्दा मेरो सरकार भन्ने चलन रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले अन्तर्‍आष्ट्रीय मान्यता अनुसार नै राष्ट्रपतिले तेस्तो सम्बोधन गरेको स्पस्ट पारेका हुन ।

शनिबार प्रधानमन्त्री निबास बालुवाटारमा सरकारको नीति तथा कार्यक्रमका विषयमा सञ्चार जगतमा भएको प्रश्नलाई उत्तर दिदैँ प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रमका विषयमा आलोचना गर्नु पर्ने विषय नै नभएको पनि दाबी गरे।

राष्ट्रपति भण्डारीले शुक्रबार संसदको  अधिवेशनलाई सम्बोधन गर्दै नेपाल सरकारका नीति तथा कार्यक्रम  प्रस्तुत गर्ने क्रममा  बारम्बार मेराे सरकार भनेको विषय विवादमा परेपछि राष्ट्रपतिको बचाऊमा प्रधानमन्त्री ओली उभिएका हुन ।

राश्ट्रपतिको हिजोको सम्बोधन पछी सञ्चार जगत्,नागरिक समाज र सामाजिक सञ्जालामा तिब्र अशन्तुष्टी प्रकट भएको थियो ।

सञ्चारकर्मीहरुसगको शनिबारको भेटमा प्राधाअनमन्त्री ओलिले सरकारले बिकास निर्माण लगायत अन्य क्षेत्रको बिकाशमा उल्लेख्निय प्रगती हासिल गरेको समेत दाबी गरेका छन

प्रकाशित मिति : २१ बैशाख २०७६, शनिबार  ६ : ०९ बजे