मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पत्रकार कुटपिटमा संलग्न तत्कालिन एमाले जिल्ला सदस्य पक्राउ



धनगढी वैशाख, २३ –
पत्रकार कुटपिट गर्ने तत्कालिन एमाले निकट व्यापारी तेजेन्द्र थापा पक्राउ परेका छन् । आइतबार दिनेश एफएम र दिनेश खबर डटकमका सहसम्पादक जनक विष्टलाई कुटपिट गरेको अभियोगमा प्रहरीले थापालाई पक्राउ गरेको हो । उनी आइतबार बेलुका ७ बजे धनगढीको एलएन चोकबाट पक्राउ परेका हुन् ।
उनीविरुद्ध सोमबार मुद्दा चलाउने तयारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । तत्कालीन एमालेका जिल्ला कमिटी सदस्यसमेत रहेका थापाले धनगढीको त्रिनगर माध्यमिक विद्यालयले भाडामा दिएका सटरको समाचार संकलन गर्न गएका विष्टलाई समाचार संकलन गरिरहेका बेला थापाले कुटपिट गरेका थिए ।

रिपोर्टिङ गरिरहेका बेला विष्टलाई विद्यालयका प्रधानाध्यापककको कार्यकक्षमा पुगेर कुटपिट गरेर भागेका थिए । विष्टको मुखमा चोट लागेको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार  ७ : ११ बजे