मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रहरी नै चामल पैंचो मागेर भात खान बाध्य



बझाङ वैशाख, २४–
बझाङको उत्तरी सीमास्थित धुली प्रहरी चौकीमा गत आइतबार बिहान प्रहरीहरुको फूर्तिफार्ती बेग्लै देखिन्थ्यो । एक जना प्रहरी जवान खरको झुप्रोमुनी भान्सामा भात पकाउँदै थिए । कोही आलुको तरकारी काट्दै थिए । एक जना सिलौटामा मसला पिस्दै थिए ।
प्रहरीका अनुसार चम्किलो हुनुको कारणबारे जिज्ञासा राखिनसक्दै जवान सुराज कुँवरले फ्याट्ट भनिहाले, ‘दुई छाकपछि भान्सामा भात पाक्दै छ । सब मुख मिठ्याएर बसेका छन् ।’
गाउँभरि खोज्दा पनि चामल पैंचो नपाएपछि प्रहरीको भान्सामा अघिल्लो दिन दुई छाक भात पाकेको रहेनछ । उनीहरुले चाउचाउ खाएर रात बिताउनुपरेछ । आइतबार बिहान वडाध्यक्षको घरबाट एक बोरा चामल पैंचो खोजेर ल्याएपछि भात पाकेको रहेछ । यो समाचार वसन्त प्रताप सिंहले कान्तिपुरमा लेखेका छन् ।

प्रकाशित मिति : २४ बैशाख २०७६, मंगलबार  २ : ३२ बजे